यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरू
खबर एक्सप्रेस
२०७७-०९-१७ ०७:३७ मा प्रकाशित
Total Shares: 378
काठमाडौं - सरकारले रेलवे सुरक्षामा सशस्त्र प्रहरीलाई खटाउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।
बैठकले सेनाका डा. देवेन्द्रबहादुर खत्रीलाई प्राविधिक उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ भने नेपाल प्रशासनिक प्रशिषण प्रतिष्ठानको रिक्त वरिष्ठ अध्ययन निर्देशक (विशिष्ठ श्रेणी) पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका सचिव आनन्दराज ढकाललाई काजमा खटाउने निर्णय गरेको छ । पुस १० र १५ गते बसेको मन्त्रिपरिषद बैठकले यी लगायत अन्य १७ निर्णय गरेको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस