अर्घाखाँचीमा पहिरोले पुरिएर चार बालबालिका घाइते, तीनको अवस्था गम्भीर
अर्घाखाँची - अर्घाखाँचीको पणेनामा पहिरोले पुरिएर चार बालबालिका घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पाणिनी गाउँपालिका–१ पणेनाको गोहनपानीमा आज बिहान साढे ६ बजे घरमाथिबाट खसेको पहिरोमा उनीहरु पुरिएका थिए ।
पहिरोमा पुरिएका उनीहरु चारमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । गम्भीर घाइते हुनेमा ११ वर्षीया अञ्जु रास्कोटी, १० वर्षीय धनबहादुर रास्कोटी र १२ वर्षीय खुमबहादुर रास्कोटी रहेका छन् ।
साथै, पहिरोमा पुरिएका १४ वर्षीय सचिन रास्कोटीको सकुशल उद्धार गरी उपचारका लागि पाल्पाको तानसेन पठाइएको वडाध्यक्ष कमलप्रसाद पोख्रेलले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस