प्रचण्डले अब कतैबाट चुनाव जित्न सक्दैनन् : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बल्ल पार्टी एकताबद्ध र अनुशासित भएको बताएका छन् ।
बिहिबार पार्टीनिकट ट्रेड युनियन महासंघ जिफन्टले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालहरू बाहिरिएपछि पार्टी एकताबद्ध भएको बताएका हुन् ।
प्रचण्ड-नेपाललाई पिलोको संज्ञा दिँदै ओलीले भने, 'यो पार्टी इतिहासमा अहिलेजस्तो एकताबद्ध र अनुशासित कहिल्यै पनि थिएन, त्यही पिलो टन्किरहेको रहेछ। पिलो निचोरिएपछि बल्ल आनन्द भएको छ।' यसअघि पार्टी अनुशासनहीन भएको ओलीको भनाई छ ।'
प्रधानमन्त्री ओलीले प्रचण्डले अब कतैबाट पनि चुनाव जित्न नसक्ने दाबी पनि गरे। '२०७४ सालको चुनावमा चितवनबाट हामीले गएर भोट हालिदिनुस् भनेर भाषण गरेर उहाँलाई जिताएको हो। ०७० सालमा बत्ती निभाएर बाकस साटेर जितेको हो।' ओलीले भने ।
फेसबुक पेज Like गर्नुहोस