पौडेल पक्राउ परेपछि देउवाले तत्काल प्रधानमन्त्रीलाई फोन गरे
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेपछि पार्टीका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई तत्काल फोन गरेका छन् ।
तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि देउवाले प्रधानमन्त्रीलाई फोन गरेका हुन् ।
देउवाले प्रधानमन्त्रीलाई फोन गरेर किन पक्राउ गरेका भन्दै तत्काल रिहान गर्न आग्रह गरेका हुन् । जवाफमा प्रधानमन्त्री ओलीले रिहाई हुने बताएका हुन् । पौडेललाई पक्राउ गरेपछि कांग्रेस कार्यकर्ताले तनहुँमा जिल्ला प्रहरी
कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन्। पौडेलले उक्त पुलको उद्घाटन गर्न लाग्दा नेकपाका कार्यकर्ताले विरोध गरेका थिए ।
संघीय सरकारका बजेटबाट बनेका योजना प्रतिपक्षी दल कांग्रेसका नेताले उद्घाटन गर्न लागेको भन्दै नेकपा कार्यकर्ताले विरोध गरेका हुन् । उता कांग्रेसले भने आफ्नो निर्वाचन क्षेत्रमा आफूले बजेट जोहो गरेको र शिलान्यास गरेका पुललगायत संरचनाको उद्घाटन् आफूले गर्नु स्वभाविक भएको तर्क गरेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस