काठमाडौं,एजेन्सी - अमेरिकाको जर्जिया राज्यमा पुन: मतगणना गर्दा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीका जो बाइडेनसँग पराजित भएका छन् । जर्जियाका निर्वाचन अधिकारीहरुले यो पुष्टि गरेका हुन् ।

त्यहाँ सुरुवाती नतिजामा बाइडेन अगाडी देखिएका थिए । तर, ट्रम्प पक्षले पुन: मतगणनाको माग गरेपछि दोहोराएर मत गणना गरिएको थियो ।

समग्रमा अमेरिकी चुनावमा बाइडेनले ट्रम्पभन्दा ५९ लाख बढी मत प्राप्त गरेका छन् ।

चुनावमा बाइडेनले ३ सय ६ इलेक्ट्रोरोल कलेज भोट प्राप्त गर्दा ट्रम्पले मात्र २ सय २३ भोट पाएका थिए । जबकी राष्ट्रपति बन्न २ सय ७० कलेज भोट आवश्यक पर्दछ ।

बाइडेनले एकपटक फेरी ट्रम्पले चुनावी नतिजा स्विकार नगरेको भन्दै उनको आलोचना गरेका छन् । बाइडेनले ट्रम्पलाई 'गैरजिम्मेवार राष्ट्रपति'को संज्ञा दिएका छन् ।

बीबीसी