पार्टीमा ७० वर्षे उमेरहदको विषयले फेल खाइसक्यो : प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
५ घण्टा अगाडि
Total Shares: 29
काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र झलनाथ खनाललाई ७० वर्षे उमेर पुगेर नहटाएको बताएका छन् ।
पार्टीमा ७० वर्षे उमेरहदको विषयमा उठेको कुरालाई स्पष्ट पार्दै उनले उमेरका कारणले नभइ अन्य धेरै फ्याक्टर र आवश्यकताहरू हुने बताए ।
अनेरास्ववियुको २४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले पार्टीमा ७० वर्षे उमेरहदको विषय फेल खाइसकेको बताए ।
उमेरले भन्दा पनि स्वास्थ्य र कार्यक्षमताले हुन्छ कि हुँदैन भन्ने मुख्य कुरा रहेको भन्दै उनले भने, ‘अहिले म ७४ मा चल्दैछु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन ? ४ वर्ष घटाउन भएन क्यारे उमेर । ’
फेसबुक पेज Like गर्नुहोस