एमाले सचिव महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति
खबर एक्सप्रेस
२०८२-१२-१६ ०५:४८ मा प्रकाशित
Total Shares: 27
काठमाडौं-काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न अनुमति नदिने आदेश गरेको छ ।
अदालतले बस्नेतलाई पक्राउ गर्न माग गरिएको मिसिल प्रहरीलाई नै फिर्ता गरेको हो ।
धादिङकी शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दामा पक्राउ अनुमति माग गर्दै जिल्ला प्रहरी परिसर, भद्रकालीमा दायर गरेको निवेदनका आधारमा प्रहरीले अनुमति माग्दै पुनः मिसिल पेश गरेको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय स्रोतका अनुसार न्यायाधीश ध्रुव कार्कीको बेञ्चमा मिसिल पेश हुँदा अनुमति नदिइएको हो ।
एक चोटि तामेली गरिसकेकोमा मुद्दामा पक्राउ अनुमति दिन नमिल्ने भन्दै जिल्ला अदालतले मिसिल फिर्ता गरेको बुझिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस