काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित भएका छन् । बैठक बस्नुअघि ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।