काठमाडौं - आज मन्त्रीपरिषद्को बैठक बस्दैछ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको बैठकमा लकडाउनबारे निर्णय हुने स्रोतले बताएको छ ।

स्रोतका अनुसार आज बस्न लागेको बैठकले कोरोना भाइरस रोकथामका लागि एक साताभन्दा बढी लकडाउन लम्ब्याउने तयारी रहेको छ ।

बैठक बिहान ११ बजे बस्नेछ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले झण्डै डेढ महिनादेखि जारी राखेको लकडाउन पुन: थप गर्न सिफारिस गरेको थियो ।

अहिलेसम्म नेपालमा ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १६ जना निको भैसकेका छन् ।