समानुपातिकतर्फ रास्वपाले कटायो १९ लाख मत
काठमाडौं - फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचन र समानुपातिकतर्फको मतगणना जारी छ ।
प्रत्यक्षमा राम्रो सिटसहित अझै केही स्थानमा अग्रता कायम गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा हालसम्म १९ लाख ३८ हजार ५ सय ९२ मत प्राप्त गरेको छ ।
यता नेपाली कांग्रेस दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा देखिएका छन् । कांग्रेसले यो समाचार तयार पार्दासम्म ६ लाख ५९ हजार ७ सय २४ मत प्राप्त गरेको छ भने नेकपा एमालेले ५ लाख ५६ हजार ७ सय ६५ मत प्राप्त गरेको छ ।
यता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले २ लाख ६३ हजार २ सय ४५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ लाख ४० हजार ५ सय ८५ मत प्राप्त गरेको छ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ८४ हजार १ सय ३८ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन नामक पार्टीले ४३ हजार २ सय ६ मत प्राप्त गरेको छ ।
निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फ हालसम्म ३८ लाख ३४ हजार ४३४ मतगणना गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस