कांग्रेसले जारी गरेको घोषणापत्रमा कार्यान्वयन गर्नसक्ने विषय मात्र राखेको छः महत
काठमाडौं,रुपन्देही - नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रमा कार्यान्वयन गर्नसक्ने विषय मात्र राखेको बताएका छन्। लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा कार्यक्रममा बुधबार डा. महतले सो कुरा बताएका हुन्।
डा. महतले कांग्रेसले जारी गरेको घोषणापत्र प्रचार गर्नका लागि नभएर काम गर्नका लागि भएको बताए। ‘जे गर्न सकिन्छ त्यो राख्ने हो, काम गर्न नसक्ने किन राख्ने’, उनले प्रतिप्रश्न गरे। उनले निर्वाचनपछि सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले ल्याउने र त्यसको पार्टी सभापतिको हैसियतमा शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने बताए।
कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजक समेत रहेका प्रवक्ता डा. महतले १६५ सिटमध्ये ९१ सिटमा नेपाली कांग्रेसका उम्मेदवार भएकाले अन्य पार्टीभन्दा निश्चितरुपमा धेरै सिट आफ्नो पार्टीको आउने दाबी गरे।
पाँच वर्ष पहिले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा उल्लेख भएका योजना र अहिले जारी गरिएको घोषणापत्रमा समेटिएका बुँदा जनतालाई झुक्याउनेभन्दा अरु नयाँ केही नभएको उनले दाबी गरे।
कांग्रेसले जारी गरेको घोषणापत्रमा रेल चलाउने भनेको आन्तरिक यातायातका लागि दैनिक चल्ने हो, खर्च धान्न नसकिने गरी चलाउन आवश्यक नभएको उनले बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस