काठमाडौं - नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बस्न लागेको हो । बैठक आज दिउँसो १ बजे बस्ने छ ।

एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूको नाम टुंगो लगाउने विषयमा छलफल हुने बताइएको छ।

एमालेले समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूको नाम आइतबार मात्रै निर्वाचन आयोगमा पठाउने भएको छ।