देउवाले बोलाए पदाधिकारी बैठक
खबर एक्सप्रेस
२०८२-०२-१२ १२:५९ मा प्रकाशित
Total Shares: 159
काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
सोमबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।
बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएका हुन् ।
क्रियाशील सदस्यताका बारेमा महामन्त्री गगन थापाले नवीकरणको अवस्था बारे जानकारी गराउने छन् । थापा सदस्यता व्यवस्थापन समितिको संयोजक हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस