प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय लागुऔषध कारोबारी
काठमाडौं - केहिबेर पहिले काठमाडौंको टोखास्थित ग्राण्डी अस्पताल नजिकै प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका दुई जना लागुऔषध कारोबारी भारतीय रहेको खुलेको छ ।
लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर दुई भारतीय र थप अरु दुई गरी चार जनालाई नियन्त्रणमा लिएको छ । लागु औषध कारोबारको सूचना पाएपछि ब्यूरोका टोली खटिएको हो ।
नियन्त्रणमा लिने क्रममा लागुऔषध कारोबारीहरुले नै प्रहरीमाथि आक्रमण गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाएर दुई जना र थप दुई गरी चार जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।
भारतीय नागरिक भन्ने बुझिएको र उनीहरुको बारेमा थप अनुसन्धान गरेपछि मात्र परिचय यकिन हुँने प्रहरीले जनाएको छ । लागुऔषध कारोबारीहरुको आक्रमणबाट दुई प्रहरीहरु घाइते भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस