विवाह गर्ने र जागिर लगाईदिने प्रलोभनमा पारी बलात्कार
खबर एक्सप्रेस
२०७८-०३-३१ ०६:०६ मा प्रकाशित
Total Shares: 390
काठमाडौं,पर्सा - पन्ध्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बहुदरमाई नगरपालिका-२ पिपरा टोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
कानुले ती किशोरीलाई असार १४ गते दिउँसो विवाह गर्ने र जागिर लगाईदिने प्रलोभनमा पारी सखुवाप्रसौनी गाउँपालिका-४ स्थित बाँसघारीमा लगि जबरजस्ती करणी गरी आफूसँगै राखी पटकपटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस