अज्ञात समूहद्वारा सवारी साधनमा आगलागी
काठमाडौं - धनुषामा एकैपटक नौ वटा मोटरसाइकल, तीन वटा साइकल र एउटा गाडीमा रहस्यमय ढंगले आगलागी भएको छ। पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं।३ प्रखे महुवामा पार्क गरी राखिएका सवारीसाधनमा आगलागी भएको हो।
बिहीबार बिहान करिब ३ः३० बजे आगलागी भएर सवारीसाधनहरू पूर्णरूपमा ध्वस्त भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।
उक्त पार्किङ स्थलमै रहेको जनकन्दिनी गाउँपालिका वडा नं. ३ का वडाध्यक्षको सरकारी गाडी समेत जलेर ध्वस्त भएको छ।
ती सवारीसाधन कसैले जलाएको वा आफैं जलेका हुन् भन्ने पुष्टि हुन बाँकी रहेको एसपी खनालले बताए। पार्किङ स्थानमा बिजुलीका तारहरू समेत रहेकाले यसबारे प्रहरीले अनुसन्धान सुरू गरिसकेको उनले बताए। उनका अनुसार अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक रामेश्वर कार्की नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।
सवारीसाधनमा लागेको आगो निभाउन स्थानीयले तत्कालै प्रयास गरे पनि जलेर ध्वस्त भइसकेका थिए।
फेसबुक पेज Like गर्नुहोस