कांग्रेस बैठक बुधबार पुनः बस्ने
खबर एक्सप्रेस
२०७७-०९-०७ ०८:३३ मा प्रकाशित
Total Shares: 408
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक भोलि पुनः बस्ने भएको छ ।
आजदेखि शुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराउँदै विषय प्रवेश गराएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय सदस्य महेश आचार्य, डा नारायण खड्का र एनपी साउँदले आफ्नो धारणा राखेका थिए । केन्द्रीय कार्यसमितिको बैठक भोलि बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने उनले बताए ।
फेसबुक पेज Like गर्नुहोस