गोरखा - गोरखा-१ मा रास्वपाका सुदन गुरुङ विजयी भएका छन्।

काँग्रेसका प्रेम कुमार खत्रीलाई भारी मतले हराउँदै गुरुङले विजयी भएका हुन् ।

गुरुङले २९ हजार ८९६ मत पाउँदा काँग्रेसका खत्री १५ हजार ३९८ मतमै रोकिए।

नेकपाका हरि राज अधिकारी ११ हजार १२४ मत ल्याएर तेस्रो हुँदा नेकपा एमालेका राम चन्द्र लामिछानेले ३ हजार ७३२ मत पाएका छन्। 

यो जितसँगै रास्वपाले प्रत्यक्षमै १२५ सीट जितेको छ।