काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै छन् ।

नेकपा ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली चितवन जान लागेका हुन् । सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा पनि सहभागी हुनेछन् ।

चितवन जिल्ला कमिटीको आयोजनामा हुने सभा दिउँसो साढे १२ बजे केन्द्रीय बस टर्मिनल भरतपुरमा सुरु हुनेछ । सभामा हजारौंको सङ्ख्यामा मानिसहरूलाई उतार्ने दाबी गरिएको छ ।