अफगानिस्तानमा महिला पत्रकारको गोली हानी हत्या
काठमाडौं,एजेन्सी - पूर्वी अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानी हत्या भएको छ । रेडियो र टेलिभिजनमा कार्यरत पत्रकार मलाला मावान्दको हत्या भएको हो ।
पत्रकार मावान्द बिहीबार जालालाबादमा आफ्नो काममा जाँदै थिइन् । मावान्द सवार कारमा केही हतियारधारी मानिसहरू अन्धाधुन्ध गोली चलाएका थिए । उनका चालक मोहम्मद ताहिर पनि हमलामा मारिएका छन्। अहिलेसम्म कुनै समूहले यस आक्रमणको जिम्मा लिएको छैन।
नाटो र युरोपियन युनियनले सो घटना निन्दा गरेको छ । मावान्द माभेन्ड एनिकास टिभी र रेडियोका लागि पत्रकार थिइन्। प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्लाह खोगियानीका अनुसार घटनापछि आक्रमणकारी भाग्न सफल भएका छन् । उनीहरुको तीव्र खोजी भैरहेको उनले बताए ।
मावान्द एक नागरिक समाज कार्यकर्ता पनि हुन्। उनी धेरै चोटि अफगानिस्तानमा महिला पत्रकारहरूले सामना गरिरहेका चुनौतीहरूको बारेमा खुलेआम बोल्दै आएकी थिइन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार उनकी आमा पनि राजनीतिक पार्टीको कार्यकर्ता थिइन् जसलाई ५ बर्ष अघि अज्ञात बन्दुकधारीहरूले मारेका थिए।
अफगानिस्तानका लागि बेलायती राजदूत एलिसन ब्लेकले म्याभण्डको हत्याको भर्त्सना गरेका छन्।बीबीसी

.gif)



फेसबुक पेज Like गर्नुहोस