रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 26
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ ।
आइतबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतको मागअनुरूप लामिछानेको मुद्दा फिर्ताको निर्णय संशोधनसम्बन्धी फाइल सर्वोच्च अदालतमा पेस गरेको छ ।
सर्वोच्चको मागबमोजिम पेस भएको निर्णय संशोधनसम्बन्धी फाइलमाथि आज बहस हुनेछ ।
सर्वोच्च अदालतका न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासमा सुनुवाइ जारी छ ।
गएको पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय गरेपछि सर्वोच्चमा रिट दायर भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस