भारतमा बढ्दै कोरोना संक्रमित, १४८ जनामा भेटियो
खबर एक्सप्रेस
२०७६-१२-०५ १२:०८ मा प्रकाशित
Total Shares: 298
काठमाडौं - खुला सिमाना रहेको छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको त्रास फैलिइरहेको छ । बुधबार विहानसम्म १० नयाँ संक्रमित भेटिएसँगै कुल १४८ जनामा कोरोना भेटिएको छ ।
१४८ जना संक्रमित भेटिएकोमा २५ जना गैरभारतीय हुन् भने १२३ जना भारतीय हुन् । यसमध्ये १४ जनालाई ठिक भइसकेको छ भने ३ जनाको मृत्यू भइसकेको छ ।
सबैभन्दा नयाँ संक्रमित महारष्ट्रको पुणेबाट बाहिर आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँ एक महिलालाई कोभिड(१९ भेटिएको हो ।
फेसबुक पेज Like गर्नुहोस