काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधि सभा बैठकमा अवरोध जारी राखेका छन् ।

उनीहरुले गृहमन्त्रीको राजीनामा मागेर नाराबाजी गरिरहेका छन् । तर, सभामुख देवराज घिमिरेले भने नाराबाजीकाबीच संसद बैठक सञ्चालन गरेका छन् ।

अहिले जारी बैठकमा रास्वपाका सांसदहरूले वेल घेरिरहेका छन् । उता, अर्को प्रतिपक्षी दल राप्रपाका सांसदहरू भने आफू बस्ने आसन अगाडि उभिएर विरोध गरिरहेका छन् ।

तर, केहीबेर अघि राप्रपाका सांसदहरू बैठक छाडेर निस्किएका हुन् ।

यस्तो अवस्थामा प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले आकस्मिक समय चलाइरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले एमालेसँग दुई बुँदे सम्झौता गरेर संसद अवरोध खुलाउन सहमति गरिसकेको छ ।