सुदूरपश्चिममा माओवादी विवाद सहमती नभएपछि प्रदेशसभा सदस्यलाई काठमाडौं बोलाए प्रचण्डले
काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिमका संसदीय दलको नेताबारे उत्पन्न विवादलाई सहमतीका माध्यमबाट समाधान गर्न प्रदेश सभा सदस्यहरूलाई छलफलका लागि काठमाडौं बोलाएका छन् ।
प्रदेश संसदीय दलको नेताबारे उत्पन्न विवादलाई सहमतीका माध्यमबाट समाधान गर्न निर्देशन दिएका प्रचण्डले कार्यान्वयन नभएपछि फेरि प्रदेश सभा सदस्यहरुलाई काठमाडौं बोलाएका हुन् ।
२४ गते बिहान ९ बजे प्रचण्ड निवास खुमलटारमा बैठक डाकिएकाले अनिवार्य उपस्थित हुन भन्दै माओवादीको केन्द्रीय कार्यालयले प्रदेश सभा सदस्यहरुलाई म्यासेज पठाएको छ ।
१२ माघ २०८० मा माओवादी केन्द्रका बहुमत प्रदेश सभा सदस्यहरुले खगराज भट्टलाई हटाएरलाई संसदीय दलको नेता चयन गरेका थिए । अध्यक्ष प्रचण्डले भट्टलाई नै दलको नेतामा पुनर्बहाली गर्न पटक–पटक निर्देशन दिए पनि कार्यान्वयन भएको छैन ।
फेसबुक पेज Like गर्नुहोस