पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ
खबर एक्सप्रेस
२०८२-०३-३१ ०४:१८ मा प्रकाशित
Total Shares: 77
काठमाडौं-अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको शपथ ग्रहण गरेका छन् ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो ।
यसअघि, नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद ओझाविरुद्ध उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले छानबिनका लागि समिति गठन गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस