विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० लाख नजिक
काठमाडौं, एजेन्सी - विश्वभर कोभिड १९ कोरोना भाइरसबाट मर्नेको संख्या ९ लाख ६१ हजार पुगेको छ । कोरोना संक्रमितको संख्या भने ३ करोड ९ नौ लाख ८४ हजार नाघेको छ ।
पछिल्लो समय कोरोना संक्रमणबाट मृतक संख्या बढ्दै जाँदा १० लाख नजिक पुगेको छ । मृत्यु हुनेहरुमा सबैभन्दा बढी अमेरिकी छन् । अमेरिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार नाघेको छ ।
भारतमा कोरोनाबाट ८६ हजार, ब्राजिलमा एक लाख ३६ हजार, रुसमा १९ हजार, पेरुमा ३१ हजार, कोलम्बियामा २४ हजार, मेक्सिकोमा ७३ हजार, दक्षिण अफ्रिकामा १५ हजार, स्पेनमा ३० हजार, फ्रान्समा ३१ हजार, बेलायतमा ४१ हजारको निधन भइसकेको छ ।
कोरोनाबाट मृतक संख्या बढिरहेकाले अबको केही दिनमै विश्वभर मृत्यु हुनेको संख्या १० लाख पुग्ने आँकलन गरिएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस