एजेन्सी - फिलिपिन्समा कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ । ४४ वर्षीय एक चिनियाँ मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै चीनबाहिर कोरोनाबाट मृत्यु हुने उनी पहिलो व्यक्ति हुन् ।
ज्वरो, खोकी र घाँटी दुखेका कारण ती चिनियाँलाई गत जनवरी २५ मा उपचारका लागि भर्ना गरिएको थियो। पछिल्लो दिनमा उनमा निमोनिया देखिएको थियो। निमोनिया बल्झेको २४ घण्टामै उनको निधन भएको हो।
उनीसँगै चीनको वुहानबाट आएकी ३८ वर्षीया श्रीमतीमा पनि कोरोना पोजेटिभ भेटिएको छ। उनलाई मनिलास्थित अस्पतालको आइसोलेसनमा राखिएको छ। फिलिपिन्समा फेला परेका कोरोना संक्रमितमध्ये उनी दोस्रो व्यक्ति हुन्।

.gif)



