भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिन हिरासतमा राख्न आदेश
काठमाडौं - दुई बर्ष पूरानो आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिन न्यायीक हिरासतमा राख्न अनुमति दिइएको छ । बुधबार राति मुम्बईस्थित एक अदालतले गोस्वामी र अन्य दुई जनालाई १४ दिनका लागि न्यायिक हिरासतमा राख्न आदेश दिएको हो ।
गोस्वामीका वकिलले जमानतका लागि निवेदन दिएका छन् । सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइकलाई आत्महत्या गर्न बाध्य पारेको आरोप गोस्वामीमाथि लागेको छ । गोस्वामीलाई भारतीय दण्ड विधानको धारा ३०६ को खण्ड ३४ अन्तर्गत हिरासतमा राख्ने आदेश दिइएको हो ।
रिपब्लिक टेलिभिजनका प्रधानसम्पादकसमेत रहेका गोस्वामीलाई बुधबार बिहान मुम्बईस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई बुधबार रातभर कोभिड–१९ परीक्षण रिपोर्ट नआउँदासम्म जेलद्वारा कोभिड–१९ विरामीलाई राख्न बनाईएको केन्द्रमा नै राखिएको थियो ।
इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइक सन् २०१८ को मे महिनामा अलिबाग तालुकाको कवीर गाउँस्थित फार्म हाउसमा मृत फेला परेका थिए । त्यहाँ फेला परेको सुसाइड नोटमा अर्नबसँगै फिरोज शेख र नितेश सारदाले ५० करोड भुक्तानी नगरेकाले आत्महत्या गरेको उल्लेख छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस