काठमाडौं - भिमेश्वर एकेडेमीले कक्षा ११ सञ्चालनमा ल्याएको छ । २०६२ सालबाट सञ्चालनमा आएको यस विद्यालयले २०७६ बाट कक्षा ११ सञ्चालनमा आएको छ ।

 कागेश्वरी मनोहरा नगरपालिकाको काँडाघारीमा सञ्चालित भिमेश्वर एकेडेमीले न्यूनतम शूल्कमा गुणस्तरीय शिक्षा दिएका कारण परिचित विद्यालयलेआफ्नो स्थापनाको छोटो समयमा ठूलो उपलब्धी हासिल गर्न  सफल भएको छ ।

 यस वर्ष व्यवस्थापन संकायमा कक्षा ११ सञ्चालन हुने र विद्यालयलाई देशकै उत्कृष्ट विद्यालय बनाउने लक्ष्य लिएको विद्यालयका प्रिन्सिपल अमृत खड्काले बताए ।

भिमेश्वर एकेडेमीले न्यूनतम शूल्कमा गुणस्तरीय शिक्षा दिएको विद्यालयको अभिभावकहरुको भनाइ छ । अनुभवी तथा दक्ष शिक्षकहरुले पठनपाठन गराएका कारण एसईई परीक्षामा शत प्रतिशत विद्यार्थीको नतिजा ए प्लस ल्याउन सफल भएको प्रिन्सिपल खड्का बताउछन् ।