काठमाडौं - नेपालमा शनिवार ३३१ जना कोरोनाभाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।

सङ्क्रमित हुनेमा पुरुषको सङ्ख्या अत्यधिक रहेको छ। कोरोनाभाइरसको पछिल्लो सङ्क्रमणबारे स्वास्थ्य मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार ७८४९पुरुष र ७५६जना महिला सङ्क्रमित भएका छन्।

नेपाल कोरोना अपडेट : असार ६, २०७७

थप कोरोना संक्रमित : ३३१

कुल कोरोना संक्रमित : ८ हजार ६०५

निको भएका : १ हजार ५७८

मृत्यु : २२

आइसोलेशनमा : ७ हजार ५

क्वारेनटाइनमा : १ लाख २ हजार २४५

पिसीआर परीक्षण : १ लाख ६९ हजार १६५

आरडिटी परीक्षण : २ लाख ५२ हजार ३००