कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन
खबर एक्सप्रेस
२०७७-०७-१८ ०८:५४ मा प्रकाशित
Total Shares: 666
काठमाडौं - नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधन भएको छ।
गए राति पोखरास्थित नीजी निवासमै उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ । केसी प्रतिनिधिसभामा कांग्रेस सांसद हुन्।
उनी प्रतिष्ठित व्यवसायीक व्यक्तित्वका रुपमा परिचित थिए । उनको मंगलबार बिहान ९ः३० बजे अन्तिम संस्कार हुने बताइएको छ ।
उनी राप्रपा छाडेर २०७४ सालमा कांग्रेस प्रवेश गरेका थिए। उनी कांग्रेसका केन्द्रिय सदस्यसमेत हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस