अंग्रेजी नयाँ बर्ष २०२१ को प्रधानमन्त्री ओलीद्धारा शुभकामना
काठमाडौं - यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समृद्धिका पाइला आगामी वर्ष थप उचाइमा पुग्ने बताएका छन् ।
नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकाना सन्देश दिँदै प्रधानमन्त्री ओलीले अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि बसालेको जग अझ देखिने गरी थप उचाइमा पुग्ने दावी गरे ।
उनले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएको दावी गरे ।
आगामी दिनमा राष्ट्रिय आकांक्षा पूरा गर्न संविधानको प्रभावकारी कार्यान्वयन, सामाजिक जागरण र उत्थानका कामहरूलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्ने उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य रहेको बताउँदै प्रधानमन्त्री ओलीले मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा अनेक व्यवधानहरूको सामना गर्नु परेको स्मरण पनि गरेका छन् ।
आगामी वर्ष राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन सुखी बनाउने अभियान सार्थक बिन्दुको अझ नजिक पुग्ने बताउँदै उनले राष्ट्रियता पनि अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस