महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त
खबर एक्सप्रेस
२०७८-०३-३१ ०९:३० मा प्रकाशित
Total Shares: 211
काठमाडौं - सरकारको महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १५७ को उपधारा (२) अनुसार महान्यायाधिवक्तामा खातीलाई नियुक्त गरेकी हुन् । बाजुरा जिल्ला निवासी उनी नेपाल बार एशोसिएसनका पूर्व महासचिव समेत हुन् ।
यसअघि सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त विपक्षी गठवन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश जारी गरेसँगै महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका थिए ।


.gif)



फेसबुक पेज Like गर्नुहोस