काठमाडौं -  नेपालमा पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नयाँ संक्रमित मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमितमध्ये एक हजार ४ सय २ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

पछिल्लो समय २ सय १६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणबाट २२ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।