नवनियुक्त अर्थमन्त्री पौडेल र महिलामन्त्री श्रेष्ठले सम्हाले कार्यभार
खबर एक्सप्रेस
२०७७-०६-२९ ०१:४५ मा प्रकाशित
Total Shares: 344
काडमाडौं - नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् ।
बिहीबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिए गरेलगत्तै पौडेलले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणअघि उनलाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका थिए ।
यस्तै, नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले पनि कार्यभार सम्हालेका छन् । राष्ट्रपति भण्डारीबाट शपथ लिएपछि श्रेष्ठले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर शपथ लिएका हुन् । निवर्तमान महिलामन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मा दिएर श्रेष्ठलाई नियुक्त गरिएको हो ।
फेसबुक पेज Like गर्नुहोस