वैशाख २३ गते मध्यावधि निर्वाचन गर्न प्रधानमन्त्री ओलीको प्रस्ताव
खबर एक्सप्रेस
२०७७-०९-०५ ०२:२३ मा प्रकाशित
Total Shares: 315
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखको अन्तिम साता मध्यावधि निर्वाचन गर्न प्रस्ताव गरेका छन्।
संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले वैशाख २३ गते चुनाव गर्न प्रस्ताव राखेका हुन् । विकल्पमा २९ गते राखिएको प्रधानमन्त्रीनिकट स्रोतले बतायो ।
संसद विघटनका लागि मन्त्रिपरिषदको सिफारिससँगै निर्वाचनको मितिसमेत तोकेर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका थिए।
फेसबुक पेज Like गर्नुहोस