नवराज सुवेदीमाथिको नजरबन्द हट्यो
खबर एक्सप्रेस
२०८२-०१-०९ ०४:५७ मा प्रकाशित
Total Shares: 46
काठमाडौं - ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीमाथिको नजरबन्द हटेको छ ।
चैत १५ गते तीनकुनेमा राजावादी समूहको प्रदर्शन हिंसात्मक भएपछि उनी घरमै नजरबन्दमा परेका थिए ।
तर सुवेदीले मंगलबार विज्ञप्ति जारी गर्दै प्रहरीको निगरानी आजदेखि हटेको जानकारी गराएका हुन् । आफू समितिको नियमित काममा फर्किएको उनले बताए ।
“चैत १५ देखि म चौबीसै घण्टा प्रहरी निगरानीमा थिएँ। आजबाट यो निगरानी हटेको छ र म संयुक्त जनआन्दोलन समितिको कार्यमा फर्किएको छु,” उनले भने।
फेसबुक पेज Like गर्नुहोस