राजेन्द्र लिङ्देनसहितका राप्रपा सांसदहरू सिंहदरबारबाटै पक्राउ
खबर एक्सप्रेस
२०८२-०१-०७ ०२:२९ मा प्रकाशित
Total Shares: 91
काठमाडौं-राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाहीलगायत नेताहरू सिंहदरबारबाट पक्राउ परेका छन् ।
सिंहदरबारस्थित संसदीय दलमा रोकिएका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू दीपक सिंह र बिना लामासहितलाई भेट्न आएका लिङ्देनसहित पक्राउ परेका हुन् ।
उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको छ । लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेका थिए ।
सो क्रममा प्रहरीले पर्चा र पम्लेटहरू पनि खोसेको थियो । अन्य नेताहरू भने प्रदर्शन गरिरहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस