कस्तो रहला आजको मौसम ?
खबर एक्सप्रेस
२०७९-०९-२३ ०९:४३ मा प्रकाशित
Total Shares: 207
काठमाडौं - देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ । तराईका केही भू–भागमा हुस्सु/कुहिरो र शीतलहर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस