निर्वाचनको घोषणाले पार्टी एकतालाई बलियो बनाउने छ: प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
२०७७-०९-०६ ०४:०८ मा प्रकाशित
Total Shares: 358
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् ।
सोमबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका हुन् । उनले विगतका तितापिरा बिर्सेर निर्वाचनमा सहभागी हुन पार्टीका नेताहरूलाई आग्रह गरेका छन् ।
‘विगतका तितापिरा बिर्सेर निर्वाचनमा सहभागी हुन कमरेडहरूलाई आग्रह गर्दछु । निर्वाचनको घोषणाले पार्टी एकतालाई बलियो बनाउने छ’ उनले भनेका छन्,‘निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतन्त्र संकटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भनेर चलाउन खोजिएका प्रचार र भ्रमहरु निराधार छ ।’
फेसबुक पेज Like गर्नुहोस