मतदान सकिएको २४ घण्टा भित्रमा मत परिणाम दिइसक्छौँ: निर्वाचन आयोग
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 32
काठमाडौं - कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मत गन्न सुरु भएको २४ घण्टामा मतगणना सम्पन्न गर्ने तयारी भइरहेको बताएका छन् ।
बुधबार निर्वाचनको तयारीबारे जानकारी दिन निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले सो कुरा बताएका हुन्।
'भण्डारीले भने- 'प्रत्यक्षतर्फ मत गणना सुरु भएको २४ घण्टाभित्र मतपरिणाम प्रकाशित गरिसक्ने छौँ ।'
उनले प्रत्यक्षसँगसँगै समानुपातिकतर्फको मतगणना पनि गर्ने तयारी भइरहेको पनि बताए ।
समानुपातिक तर्फको मतपरिणाम पनि विगतभन्दा ठूलो हुने भएकाले केही समय लाग्ने बताए।

.gif)




फेसबुक पेज Like गर्नुहोस