एमसीसीबारे अध्ययन गर्न ३ सदस्यीय कार्यदल गठन
खबर एक्सप्रेस
२०७८-०९-०४ ०८:४१ मा प्रकाशित
Total Shares: 219
काठमाडौं - अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी)बारे अध्ययन गर्न कार्यदल गठन भएको छ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको आह्नानमा आइतबार बसेको सत्तारुढ गठबन्धनको बैठकले ३ सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल छन् ।
कार्यदलले एमसीसीका बुँदा–बुँदामा छलफल गर्नेछ । साथै, एमालेलगायत अन्य दलहरुसँग छलफल गरेर एमसीसीबारे ठोस निष्कर्षमा पुग्ने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस