काठमाडौं - चिली कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै चिलीले अन्तिम चारमा स्थान बनायो ।

ब्राजिलको साओ पाउलोमा भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकियो । त्यसपछि भएको पेनाल्टीमा विलियम टेसिल्लोले गरेको प्रहार बाहिरिँदा चिलीका सबै खेलाडीले गोल गरे ।

कोलम्बियाका लागि जेम्स रोद्रिगेज, इडविन कार्डोना, जुवान क्वाद्रादो, यारिस मिनाले गोल गरेका थिए । चिलीका लागि अटुर्रो भिडाल, इडुवार्डो भर्गास, इरिक पुल्गर, चार्ल्स अरांगेज र एलेक्सिस साञ्चेजले गोल गरेका थिए ।अब चिलीले सेमिफाइनलमा उरुग्वे र पेरुवीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।