संसद निलम्बन गर्ने जोनसनको कदम गैरकानुनी रहेको अदालतको ठहर
एजेन्सी - संसद निलम्बन गर्ने प्रधानमन्त्री बोरिस जोनसनको निर्णय गैरकानुनी र असंवैधानिक रहेको बेलायतको सर्वोच्च अदालतको ठहर छ।
बेलायतको सर्वोच्च अदालतले संसदको कामकारबाहीलाई रोक्नु गलत भएको भन्दै यस्तो ठहर गरेको हो । ‘प्रधानमन्त्रीको कदमबाट हाम्रो प्रजातन्त्रका आधारभूत मान्यतामाथि निकै ठूलो प्रभाव परेको छ’, सर्वोच्च अदालतकी अध्यक्ष लेडी हेलले भनिन् ।
अदालतका ११ जना न्यायाधीशले सर्वसम्मतले उक्त ठहर गरेका थिए । योसँगै जोनसनको निर्णय बदर भएको छ । अब सभामुखले नै के गर्ने भनेर आगामी कदमबारे निर्णय गर्नेछन् ।
प्रधानमन्त्री बोरिस जोनसनले अक्टोबर १४ सम्मका लागि संसद् निलम्बन गर्ने निर्णय गरेका थिए । बेलायती महारानीमार्फत् बेक्सिटसम्बन्धी आफ्नो नीतिलाई सार्वजनिक गर्ने उद्देश्यले उनले यस्तो कदम चालेका थिए ।
फेसबुक पेज Like गर्नुहोस