समानुपातिक सांसद छान्न कांग्रेस कार्यसम्पादन बैठक बस्दै
खबर एक्सप्रेस
२०८२-१२-०१ ०७:१० मा प्रकाशित
Total Shares: 31
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोटका लागि बैठक बोलाइएको बताइएको छ ।
कांग्रेसले चैत पहिलो सातासम्म केन्द्रीय कार्यसमिति बैठक पनि बोलाउने तयारी गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस