नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छ : प्रधानमन्त्री देउवा
खबर एक्सप्रेस
२०७८-०३-३१ ०५:१६ मा प्रकाशित
Total Shares: 395
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताएका छन् ।
आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मंगलबार पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री देउवालाई राजदूत बेरीले सोही दिन सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए ।
फेसबुक पेज Like गर्नुहोस