नेपालको खेल रद्द भएपछि क्यान र आईसीसीविरुद्ध समर्थकको नाराबाजी
खबर एक्सप्रेस
२०८२-०१-०६ ०१:५४ मा प्रकाशित
Total Shares: 142
काठमाडौं - नेपालको खेल रद्द भएपछि क्यान र आईसीसीविरुद्ध समर्थकले नाराबाजी गरेका छन् ।
आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएर नेपाल विश्वकपबाट वञ्चित भएपछि समर्थकहरू आक्रोशित बनेका हुन् ।
खेल रद्द भएपछि समर्थकले क्यान, एसीसी र आईसीसीविरुद्ध नारा लगाउँदै खेल गराउन नसकेको आरोप लगाएका छन् ।
बिहानैदेखि मैदानमा उपस्थिति जनाएका समर्थकहरू मैदान सुकाउने काम भइन्जेल खेल सुरु हुनेमा आशावादी थिए ।
तर, एक समय घाम लागेर खेल सुरु हुने संकेत देखिएपनि मैदान पूर्णरूपमा तयार नहुँदा खेल हुन सकेन । समुर्थकहरू आक्रोशित बनेपछि प्रहरी नै पुगेर सम्झाउनुपरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस