संसद भवनमा नेकपा सांसदको हस्ताक्षर संकलन
खबर एक्सप्रेस
२०७७-०९-०६ ०२:५८ मा प्रकाशित
Total Shares: 579
काठमाडौं - नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको भेला बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सुरु भएको छ ।
साथै, अहिले सांसदहरु भेला हुने क्रम पनि जारी छ। त्यहाँ पुगिसकेकाहरुमध्ये प्रतिनिधि सभातर्फका सांसदहरु एक लाइनमा र राष्ट्रिय सभाका सांसदहरु अर्को लाइनमा लागेर उपस्थितिमा हस्ताक्षर गरिरहेका छन्।
सरकारले संसद विघटन गरेको भोलिपल्ट संसद बैठकस्थलमा भेला भएका उनीहरुले संसद विघटनका विरोधमा हस्ताक्षर संकलन सुरु गरेका हुन् । भेलामा प्रचण्ड, नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
फेसबुक पेज Like गर्नुहोस