अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १५ जना भन्दा बढी घाइते
खबर एक्सप्रेस
२०८१-१२-१२ ०८:१९ मा प्रकाशित
Total Shares: 56
अर्घाखाँची - अर्घाखाँचीकाे भुवनपाटामा बेलुका भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। १५ जना भन्दा बढी घाइते भएका छन्।
शितगंगा नगरपालिका २ सितापुरकाे भुवनपाटामा लु२ख ३०३ नम्बरको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक विष्णुप्रसाद पाैडेलले बताए।घाइतेमध्ये ७ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको छ। अन्य घाइतेको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ। घटनाको अनुसन्धान भइरहेको छ।
फेसबुक पेज Like गर्नुहोस