प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
खबर एक्सप्रेस
२०८२-०१-२२ ०७:४४ मा प्रकाशित
Total Shares: 76
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भेटवार्ता भएको हो ।
भेटमा पछिल्ला राजनीतिक तथा समसामयिक विषयमा सकारात्मक कुराकानी भएको जनाइएको छ ।
भेटका अवसरमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीको मानवअधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए ।
फेसबुक पेज Like गर्नुहोस